www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा थपिए २१११ संक्रमित, ३ हजार ५३७ जना डिस्चार्ज

काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा देशमा थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या दुई लाख ६ हजार तीन सय ५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Batas

त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ३७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ६८ हजार एक सय २९ पुगेको छ । यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय दुई पुगेको छ ।

अब नेपालमा ३७ हजार २२ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.