www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कोरोनाबाट निको हुनेको संख्या पाँच हजार नाघ्यो

हाल सम्म १२३ संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना बाट निको हुनेको संख्या पाँच हजार नाघेको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशमा हालसम्म पाँच हजार ६० संक्रमित निको भएका छन् ।

तथ्यांक अनुसार कुल संक्रमितको आधा संक्रमित निको भएका हुन् । हाल प्रदेशमा कोराना संक्रमितको संख्या १० हजार दुई सय ८५ रहेको छ । प्रदेशमा एक लाख नौ सय आठ व्यक्तिको परीक्षण भएको छ । गरिएको परिक्षण मध्ये ९० हजार दुई सय २३ व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । गण्डकीमा हाल ५ हजार १ सय संक्रिय संक्रमित रहेका छन् ।

Batas

गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण १ सय २३ संक्रमितले ज्यान गुमाएका छन् । हिजो मात्रै गण्डकी प्रदेशमा ५ संक्रमितले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा ४ जना व्यक्ति पोखराका रहेका छन भने एक जना स्याङ्जाका रहेका छन् । पोखरा पछिल्लो समय कोरोनाको हटस्पट बन्दै आएको छ ।

कास्की जिल्लामा मात्रै हालसम्म ७५ संक्रमितले ज्यान गुमाएका छन् । प्रदेशका ११ जिल्लामध्ये सबै भन्दा धेरै ज्यान गुमाउनेको संख्या कास्कीमा रहेको छ । र संक्रमितको संख्या पनि कास्कीमा धेरै छन् । कास्कीमा मात्रै संक्रमितको संख्या ४ हजार १ सय ३७ रहेको छ । कुल संक्रमित मध्ये ८ सय १५ संक्रमित निको भएका छन भने अझै ३ हजार २ सय ६४ सक्रिय संक्रमित रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.