www.tandavnews.com
Fact ~ In search of truth

तिहारमा पड्काइएको पटाकाबाट पाँचथरमा आगलागी,दुई घर जल्यो

पाँचथर ।

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

तिहारमा पड्काइएको पटकाबाट आगलागी शुरु भएको थियो । स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । यस्तै आज बिहान विद्युत् चुहिएर आगो लाग्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ६ मेवाखोलामा धनराज लिम्बूको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

Batas

आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा रु तीन लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.