www.tandavnews.com
Fact ~ In search of truth

छठ पर्व आजबाट सुरु, यसपाली सामान्य पूजा मात्र गरिने

काठमाडौं ।

धार्मिक एवं लोकआस्थाको पर्व छठ आज (बुधबार)बाट सुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु भएको हो ।

विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना संक्रमणका कारण केही समस्या देखिएको छ ।

Batas

तर पनि छठ विधिवत् रुपमा मनाउन थालिएको छ । ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउन सुरु भइसकेको छ ।कोरोना संक्रमण जोखिमका कारण कतिपय आफ्नै घरको परिसरमा चारकुने खाल्डो खनी त्यसमा पानी भरेर छठ पर्व मनाइरहेका छन् ।

यता, यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो ।

राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.