www.tandavnews.com
Fact ~ In search of truth

१० दिन पछि धकेलियो नेकपा सचिवालय बैठक

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिन पछि धकेलिएको छ ।

अर्को बैठक दश दिनपछि बस्नेगरी सकिएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन । अर्को बैठक मंसिर १३ गते बस्ने निर्णय भएको हो ।

Batas

आज बसेको बसेको बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल भएको जनाइएको छ ।अर्को बैठकमा प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने जनाइएको छ । उनले अलग्गै प्रतिवेदन ल्याउने भएकाले बैठक १० दिनका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

१३ गते बस्ने बैठकमा दुबै अध्यक्षका प्रतिवेदनमाथि छलफल गरिने भएको छ ।बैठकले आगमी १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

बुधबारको बैठकमा कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनमाथि सामान्य चर्चा भएको छ ।

दाहालले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको भन्दै गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री ओली बुधबारको बैठकमा भाग नै नलिने अडानमा रहेपनि पछि बैठकमा सहभागि भएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.