www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम ५० योजनामा बाँडफाँड

गोरखा ।

गोरखा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र क र ख का लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त चार करोड विभिन्न ५० योजनामा बाँडफाँड गरिएको छ ।

कार्यक्रम अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (क) मा प्राप्त दुई करोडबाट विभिन्न २५ आयोजना र निर्वाचन क्षेत्र (ख) का लागि प्राप्त दुई करोड २५ योजनामा खर्च गर्ने गरी विनियोजन भएको जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोजकुमार गुरुङले जानकारी दिए ।

Batas

निर्वाचन क्षेत्र नं २ (क) मा प्राप्त रकमले दुईवटा सडक स्तरोन्नतिमा २५ लाख छुट्याइएको प्रदेशसभा सदस्य हरिशरण आर्चायले जानकारी दिए ।

जसमध्ये गोरखा नगरपालिका कार्यालयदेखि सिमलगैरी नौबिसे सडक स्तरोन्नतिलाई २५ लाख र ठाँटीपोखरी चोकदेखि समिचौतारा देउराली सडकलाई २५ लाख विनियोजन गरिएको हो ।

पालुङटार नगरपालिका–२ को रातडाँडा युवा क्लब खेलमैदान निर्माण गर्न रु १५ लाख विनियोजन गरिएको उनले जानकारी दिए ।त्यस्तै गोरखा नगरपालिका–९ को शिखर सामुदायिक भवन निर्माण गर्न १० लाख, वडा नं १० स्थित चाइनिज क्याम्पदेखि सिर्दीखोलासम्मको सडक निर्माणमा पाँच लाख र चिप्लेटीदेखि बरसिंह हुँदै ढकालगाउँ सडक स्तरोन्नतिलाई चार लाख छुट्याइएको सांसद आर्चायले बताए ।

महिला समूहको भवन, नयाँ सडकको ट्र्याक, सामुदायिक भवन, खानेपानी आयोजना, बाख्रा फार्म, खेलमैदान र मन्दिर निर्माणलगायत शीर्षकमा पनि बजेट विनियोजन गरिएको सांसद आर्चायले जानकारी दिए ।

त्यस्तै निर्वाचन क्षेत्र २ (ख) मा प्राप्त दुई करोडमध्ये बारपाक सुलिकोट गाउँपालिका–२ पर्ने राङरुङ कोदेफेदी तुम्सीका मोटरबाटो बनाउन २५ लाख, अजिरकोट गाउँपालिका– ४ स्थित बसेल कृषि तथा पशु फार्म निर्माण गर्न २५ लाख र सिरानचोक गाउँपालिका–५ मा चाँदनी हरिबले लालीगुराँस सामुदायिक भवन बनाउन २० लाख विनियोजन गरिएको प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत क्षेत्र नं २ (ख) मा प्राप्त रकमबाट सिरानचोक–३ हार्मीमा चम्पावती माविमा घेराबार बनाउन १० लाख, वडा नं–८ मा रहेको चिप्लेटी खप्टे उम्रुङ सामुदायिक भवन बनाउन ९ लाख, वडा नं–६ मा नामरुङ आमा समूहको भवनका लागि ९ लाख, बारपाक सुलिकोट– ३ मा रहेको माझथर मावि घेराबारका लागि ८ लाख, बारपाक सुलिकोट ३ को हुवामे ठोमो, छेलिङ, बौद्ध समाज घर अधुरो भवन बनाउन ७ लाख र अजिरकोट– ४ को हिमालय माविको घेराबारलाई ८ लाख विनियोजना गरिएको उनले बताए ।

त्यस्तै खोप केन्द्र, मन्दिर, कृषि तथा पशुपालन पूर्वाधार, सिँचाइ आयोजना, कृषि समूह भैँसीबाख्रा गोठ, युवा क्लबको खेल मैदान, विद्यालयमा घेराबार र सामुदायिक भवन निर्माणलगायत शीर्षकमा बजेट बाँडफाँड गरिएको सांसद दवाडीले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.