www.tandavnews.com
Fact ~ In search of truth

पोखराका २ सहित गण्डकीमा थप ३ संक्रमितको मृत्यु

कास्कीका ७० सहित प्रदेशमा थपिए १३३ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप तीन संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा पोखराका २ र लमजुङका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

निर्देशनालयको अनुसार पोखरा १७ की ७५ वर्षीया कोरोना संक्रमितको आज बिहान ३ बजेर ४५ बजे गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा कार्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया, हाइपरटेन्सन तथा मधुमेहको समेत समस्या रहेको थियो ।

Batas

यस्तै पोखरा वडा नम्बर ९ की ८३ वर्षीया वृद्धाको आज बिहान साढे सात बजे फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा उपचारको क्रममा निधन भएको हो । उनमा कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया, हाइपरटेन्सन लगायतको समस्या रहेको थियो ।

यसैबीच लमजुङ बेशीसहर नगरपालिका ५ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारको क्रममा निधन भएको छ । उनको हिजो साझ पौने सात बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनमा कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकीमा हालसम्म १३० संक्रमितको मृत्यु भएको छ ।

यस्तै आज गण्डकी प्रदेशमा १३३ संक्रमित थपिएका छन् । कास्कीका ७० सहित अन्य १३३ जनामा संक्रमण पुष्टि भएको हो ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६ सय ८१ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.