www.tandavnews.com
Fact ~ In search of truth

पोखरा इन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल तथा अध्यक्ष इन्जिनयर लेखबहादुर गुरुङको निधन

पोखरा ।

पोखरा इन्जिनियरिङ कलेज (पेक) का संस्थापक प्रिन्सिपल तथा अध्यक्ष इन्जिनयर लेखबहादुर गुरुङको निधन भएको छ ।

उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा हिजो(शनिबार) निधन भएको हो । लामो समयदेखि उच्च रक्तचापका बिरामी रहेका थिए।उच्च रक्तचापका कारण गत कात्तिक २५ गते कलेज प्राङगणमा अचानक बेहोस भएका गुरुङलाई उपचारको लागि अस्पताल पुर्याइएकोमा उपचारको क्रममा निधन भएको हो ।

Batas

पोखरामा निजी क्षेत्रको पहिलो इन्जिनिरिङ कलेज खोलेका गुरुङ सञ्चार र स्वास्थ्य क्षेत्रका समेत उद्यमी थिए ।उदय इन्जिनियरिङ कन्सल्टेन्सीका निर्देशक तथा उदय इन्स्टिच्युट अफ एप्रोपियटिभ टेक्नोलोजीका प्रिस्सिपलसमेत रहेका गुरुङ हिमचुली सामुदायिक रेडियोका संस्थापक, नयाँ सडक पत्रिकाका प्रकाशकसमेत थिए ।

इन्जिनियरिङ, वातावरण क्षेत्रका ज्ञाता गुरुङले कास्की मोडल हस्पिटलका अध्यक्ष समेत थिए । सडक निर्माणको माटो परीक्षणदेखि विकासको अवधारणा र कार्यान्वयनका विषयका असल प्रशिक्षक थिए ।उनले यातायात क्षेत्रमा समेत लगानी गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.