www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा ५६९९ संक्रमित निको भए

१ हजार ६ सय ६९ संक्रमित थपिए

पोखरा ।

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा संक्रमणबाट निको हुनेको संख्या धेरै रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालभर गरि ५ हजार ६ सय ९९ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै डिस्चार्ज हुनेको संख्या एक लाख ९९ हजार २४ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा आज १ हजार ६ सय ६९ संक्रमित थपिएका छन् । यो सगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या दुई लाख २० हजार तीन सय आठ पुगेको छ ।

२४ घण्टामा थप १६ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक तीन सय २१ पुगेको छ ।अब नेपालमा १९ हजार नौ सय ६३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.