www.tandavnews.com
Fact ~ In search of truth

पोखराः प्याराग्लाईडिङ दुर्घटना, पाईलट राजु गैरेको मृत्यु, एक घाईते

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुदाँ पाईलटको ज्यान गएको छ ।

पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुदाँ पाईलटको ज्यान गएको छ । भने एक जना घाईते भएका छन् । ल्याण्ड गर्ने क्रममा दुर्घटना हुदाँ पाईलट राजु गैरेको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

प्रहरीको अनुसार पोखरा महानगरपालिका –१८ सराङकोटबाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा वडा नम्बर १८ क्याम्प चोकमा दुर्घटना हुदाँ पाईलट गैरेको मृत्यु भएको हो ।

ल्याण्डिङ गर्ने स्थान भन्दा अन्दाजी १.२ किलोमिटर टाढा दुर्घटना भएको प्रहरीले बताएको छ । पोखरा २८ कालिका घर भई हाल लेकसाईट बस्ने ३८ वर्षीय पाईलट गैरेलाई दुर्घटना पश्चात उद्धार गरि उपचारको लागि मेट्रोसिटि अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।

प्याराग्लाईडिङमा सवार काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ बासीकु बस्ने वर्ष २८ की शिला श्रेष्ठ घाईते भएकी छिन् । उनको अवस्था गम्भिर रहेको जनाइएको छ ।

दुर्घटना के कारण भएको भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.