www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमणबाट मुक्त हुने दुई लाख नाघे,२४ घण्टामा ३०४३ संक्रमित डिस्चार्ज

पोखरा ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको संख्या दुई लाख दुई हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख २२ हजार दुई सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८१ जनाको पीसीआर परीक्षण भएको थियो ।

Batas

यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या हजार तीन सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार आठ सय ८४ छ । त्यस्तै ६ सय २९ जना क्वरेण्टीनमा छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.