www.tandavnews.com
Fact ~ In search of truth

युआरएल पत्रकारिता पुरस्कार प्रदिप पौडेललाई

पोखरा ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)द्वारा स्थापित एवम् सञ्चालित युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बाँस्तोलाको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

Batas

पौडेल इमेज च्यानलका गण्डकी ब्युरो प्रमुख एवम् रेडियो बाराहीका समाचार संयोजक हुन् । विसं २०५९ मा पत्रकारिता थालेका पौडेल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिवको जिम्मेवारीमा रहेका छन् ।

यही मंसिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए । पुरस्कारको राशि २० हजार र साथमा ताम्रपत्र रहने छ । यसअघि सो पुरस्कारबाट पत्रकार ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.