www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य एक हजार ८०० ले ह्रास

काठमाडौं ।

स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला  ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज एक हजार ८०० ले ओरालो लागेको हो ।

Batas

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० मा कारोबार भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.