www.tandavnews.com
Fact ~ In search of truth

नगरप्रमुखलाई कोरोना पुष्टि, शुक्लागण्डकी नगरपालिकाका सेवा आजदेखि बन्द

तनहुँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख गुरुङलाई हिजो मङ्गलबार कोरोना पुष्टि भएपछि नगरपालिकाले तीन दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार आज(बुधबार)देखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । ‘नगरपालिकामा कार्यरत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तीन दिन सेवा बन्द गर्ने निर्णय भएको छ’, सुवेदीले भने।

Batas

यसैबीच नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले गत वर्षदेखि हरिबोधिनी एकादशीको दिनमा सार्वजनिक बिदा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले उक्त दिन नगरपालिकाअन्तर्गतका कार्यालय र विद्यालय बन्द रहने जानकारी दिए ।

कोरोना भाइरस संक्रमणका कारण एकादशीको अवसरमा कतै पनि मेला लाग्ने अवस्था नरहे पनि नगरले यस वर्ष पनि बिदा दिने निर्णय गरेको हो । गत वर्षसम्म नगरपालिकाको केन्द्रमा अवस्थित दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्दथ्यो । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्कीका विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दथे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.