www.tandavnews.com
Fact ~ In search of truth

‘टिभिएस दशैंको आशा’ योजना अन्तर्गत पोखराका नारायणहरि तिवारीले जिते अपाचे आरआर ३१० बाइक

काठमाडौं

‘टिभिएस दशैंको आशा’ योजना अन्तर्गत पोखरा सिद्धार्थचोकका नारायणहरि तिवारीले अपाचे आरआर ३१० बाइक जितेका छन् ।

टिभिएस स्कुटर खरिद गरेका तिवारीले ७ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको टिभिएस अपाचे आरआर ३१० बाइक उपहार जितेका हुन् ।

Batas

उनी छैटौं साताको भाग्यशाली बिजेता बनेका हुन् । टिभिएसको आधिकारिक बिक्रेता बतास व्रदर्शमा उनले दसैं अगाडि स्कुटर खरिद गरेका थिए । छिट्टै कार्यक्रम गरी तिवारीलाई मोटरसाइकल हस्तान्तरण गरिने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।

टिभिएस स्कुटर खरिद गर्दा लक्की ड्रका आधारमा टिभिएस अपाचे आरआर ३१० बाइक उपहार जित्ने अवसर पाउँदा निकै खुसी लागेको तिवारीले बताए ।

हालै एक कार्यक्रमका बीच नेपालमा टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष दीपककुमार अग्रवालले साताका भाग्यमानी बिजेता घोषणा गरेका थिए । यस अगाडि देशका विभिन्न ठाउँबाट भाग्यमानी ५ जनाले यो बाइक उपहार जितिसकेका छन्।

टिभिएस मोटरसाइकल खरिद गरेपनि नगरे पनि कम्पनीको वेवसाइटमा गएर फर्म भर्नेहरु मध्येबाट कम्पनीले भाग्यमानी बिजेता घोषणा गर्दै आइरहेको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.