www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थप एक संक्रमितको मृत्यु

कास्कीका ५८ सहित गण्डकीमा थपिए १०९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप एक संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ७६ वर्षीय कोरोना संक्रमित पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । उनमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ । कास्की जिल्लामा मात्रै हालसम्म ७२ संक्रमितले ज्यान गुमाएका छन् ।

यसैबीच गण्डकी प्रदेशमा आज हालसम्म गण्डकी प्रदेशमा १०९ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कास्कीका ५८ जना, बागलुङका ८, गोरखाका ३, लमजुङका २, तनहुँका ९, स्याङ्जाका ५, पर्वतका ५ र नवलपरासीका १९ जना रहेका छन् । यो सँगै प्रदेशमा हालसम्म संक्रमितको संख्या ११ हजार ४ सय २३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.