www.tandavnews.com
Fact ~ In search of truth

कास्कीको मजुवा र तनहुँको शुक्लागण्डकी जोड्ने झोलुङ्गे पुल बन्दै

कास्की ।

कास्कीको पोखरा महानगरपालिका–३२, को मजुवा र तनहुँको शुक्लागण्डकी नगरपालिका–२, एक्लेखेतलाई जोड्ने मसिना खोलामाथि झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

पूर्वाधार विकास कार्यालय, तनहुँको गण्डकी प्रदेशको आयोजनामा ४४ मिटर लम्बाइ, १.६ मिटर चौडाइ भएको झोलुङ्गे पुल १३ लाख १३ हजार ८९८ को लागतमा निर्माण गर्न लागिएको हो । पुल आगामी २०७८ साल असार मसान्तसम्ममा निमार्ण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Batas

पुल निर्माणसँगै कास्कीको पोखरा महानगरपालिका–३२ का मजुवा, छुची, तल्लोगगनगौडाका बासिन्दाका साथै र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं १ र २ का एक्लेखेत, तार्कुडाँडा, भङगारा, मकनपुर, भुजीकोट र थप्रेकका बासिन्दा लाभान्वित हुने छन् ।

मसिना खोला (कोत्रेखोला) द्वारको मुखमाथि निर्माणाधीन झोलुङ्गे पुलको आज एक कार्यक्रमका बीच गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले शिलान्यास गरे । सो अवसरमा उनले तनहुको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिका जोड्ने यस पुलको निर्माण गर्न आफूले विगत १० वर्षयता निरन्तर प्रयास गर्दै आएको बताए । निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै कोइरालाले पुललाई केवल आवतजावत गर्नका लागि मात्र नभई उत्पादित वस्तुको आयातनिर्यातमा उपयोग गर्ने गरी उत्पादनमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मसिना खोला झोलुङ्गे पुल निर्माण सहयोग समितिका अध्यक्ष चक्रबहादुर ढकाल, पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानालगायतले निर्माण कार्यलाई गुणस्तरीय बनाउँदै समयमा नै सक्नुपर्नेमा जोड दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.