www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप दुई संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१३ का ६६ वर्षीय संक्रमित महिलाको हिजो बेलुका साढे ९ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो उनमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Batas

यस्तै अर्का मृतक संक्रमित लमजुङका रहेका छन् । लमजुङ मध्यनेपाल नगरपालिका –७ का ८७ वर्षीय कोरोना संक्रमित महिलाको पोखरा स्थित कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै प्रदेशमा हालसम्म १४४ जना संक्रमितको मृत्यु भएको छ । कास्कीमा मात्रै ७३ संक्रमितको ज्यान गइसकेको छ ।

यसैबीच प्रदेशमा आज अहिलेसम्म ५० संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा कास्कीका २८ जना, तनहुँका ७, बागलुङका ४, गोरखाका ५ र नवलपरासीका ६ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ हजार ५ सय २९ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.