www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ :कीर्ते नागरिकता दिएको आरोपमा दुई पक्राउ

बागलुङ ।

कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।

बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

Batas

पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नं ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन् ।

अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ । फरक अभिभावक बनाएर कीर्ते नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका–६ बाट पंकज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.