www.tandavnews.com
Fact ~ In search of truth

चितवन कारागारबाट थुनुवा फरार

चितवन ।

कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।

उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको संख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.