www.tandavnews.com
Fact ~ In search of truth

पोखरा वडा–२ र ३२ का दुई संक्रमितको उपचारको क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा वडा नम्बर २ का ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मंसिर १० गते उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदशले जानकारी दिएको छ । उनको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । निर्देशनालयको अनुसार किड्नी सम्बन्धी समस्या रहेको उनमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Batas

यस्तै अर्का मृतक पोखरा महानगरपालिका –३२ का ६६ वर्षीय संक्रमित महिला रहेको निर्देशनालयले जानकारी दिएको छ । उनको आज पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा निमोनिया लगायतको समस्या रहेको थियो भने मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ । कास्कीका मात्रै ७५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.