www.tandavnews.com
Fact ~ In search of truth

अब ट्राफिक जरिवाना सिधै बैंक खातामा

पोखरा,
ताण्डव न्यूज ।

जिल्ला ट्राफिक प्रहरीले अब ट्राफिक जरिवाना बैंक मार्फत सिधै खातामा जम्मा गराउने भएको छ ।

सवारी नियम उल्लंघन गर्ने सवारी चालकको जरिवाना वापतको रकम बैंकिङ प्रणाली मार्फत सिधै ‘जरिवाना रकम राजश्व’ खातामा जम्मा गरिने भएको हो ।

Batas

जिल्ला ट्राफिक कार्यालय कास्की र ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा जरिवाना सिधै बैंक खातामा जम्मा गर्नको लागी आजदेखी बैंक काउण्टर शुभारम्भ भएसँगै अब जरिवाना रकम बैंकमा जम्मा हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालयक कास्कीका प्रहरी प्रमुख उपरीक्षक जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालको विशिष्ट आतिथ्यता तथा ग्लोबल आई.एम.ई बैंक पोखराका प्रमुख एवम् बैंक कर्मचारीको उपस्थितीमा बैंक काउण्टर स्थापना भएको हो ।

काउण्टर जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा सञ्चालनमा ल्याइएको हो । बैंकको सहकार्यमा ट्राफिक काम कारबाहीलाई सहज छिटो छरितो र पारदर्शी तरिकाले संचालन गर्नको लागि काउण्टर सञ्चालनमा ल्याईएको भन्दै प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई शुभकामना दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.