www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थप एक संक्रमितको मृत्यु, गण्डकीमा थपिए १०१ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पोखरा महानगरपालिका –७ की ७६ वर्षीय कोरोना संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

 

उनको आज बिहान साढे ७ बजे गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७ पुगेको छ ।

यसैबीच गण्डकी प्रदेशमा आज अहिलेसम्म १०१ संक्रमित थपिएका छन् । जसमा कास्की ६० जना, पर्वतका ८, स्याङ्जाका ११, तनहुँका ५, गोरखाका १, लमजुङका २ र नवलपरासीका ६ जना रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.