www.tandavnews.com
Fact ~ In search of truth

राम्रो काम लगाईदिन्छु भन्दै जबरजस्ती वेश्यावृत्तिमा लगाउने जाल्पारोडका केशव भुजेल पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा जबरजस्ती वेश्यावृतिमा लगाउने एक व्यक्ति पक्राउ परेका छन् ।

विभिन्न प्रलोभनमा पारी खाजा घरमा राम्रो काम लगाईदिन्छु भन्दै वेश्यावृत्तिमा लगाउने ३४ वर्षीय केशव भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा ३ घर भई हाल पोखरा वडा ९ जाल्पारोड बस्ने भुजेललाई अस्ति बिहिबार (मंसिर ११ गते) पक्राउ गरेको प्रहरीले जनाएको छ ।

केशवले आफ्नै खाजाघरमा राम्रो काम दिने भन्दै युवतीलाई बोलाई खाजा घरमा आउने व्यक्तिहरुसँग पैसा लिई जबरजस्ती युवतीलाई शारीरिक सम्पर्क गर्न लगाउने र अन्य होटलहरुमा पनि जबरजस्ती पठाई वेश्यावृत्ति गराउने गरेको प्रहरीले बताएको छ ।

पिडित महिलालाई मनोपरामर्श दिई आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.