www.tandavnews.com
Fact ~ In search of truth

सांसद भट्टराईको एक वर्ष : ‘सडक विस्तार देखी मोटरेवल पुल निर्माण सम्म’

अर्जुन गाहा (सुशान्त),
ताण्डव न्यूज / पोखरा ।

प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नं २ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका संघीय सांसद विद्या भट्टराईले आफ्नो एक वर्षको कार्ययोजना सार्वजनिक गरेकी छिन् ।

पोखरामा आज (आईतबार ) पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो क्षेत्रमा सरकारबाट परेका योजना, विनियोजित बजेट तथा उपलब्धिहरु सार्वजनिक गरेकी हुन् ।

Batas

उनले सो अवसरमा पत्रकारहरु समक्ष बोल्दै वितेको एक वर्षमा सडक विस्तार देखी मोटरेवल पुल निर्माणको योजनालाई अघि सारेको बताईन् । उनका अनुसार पोखरा महानगरपालिका वडा नं. १५ र १७ जोड्ने सेतीनदी, पट्नेरी, सीतापाईला मोटरेवल पुल निर्माणका लागि ४७ लाख ५० हजार विनियोजित गरिएको छ । त्यस्तै चिसापानी, सिँगारेबास, टक्सार सडक खण्डकका लागि २ करोड ४० लाख विनियोजित भई निर्माण कार्य ९० प्रतिशत सम्पन्न भैसकेको छ ।

सांसद भट्टराईले स्वं रविन्द्र अधिकारीका बाचाहरु आफुले पुरा गर्ने गरी अघि बढेको बताईन् । ‘यहाँहरुको मुल्याङ्कनको कसीमा म कति सफल रहे वा कति अझै मेहनत गर्नुपर्ने छ, उनले भनिन्, ‘त्यो मुल्याङ्कनको नतिजा मलाई सधै स्वीकार्य हुनेछ । विकास निर्माणका लागि एक वर्ष निकै छोटो समय हो तर अल्पकालिन योजना सम्पन्न गर्ने तथा दीर्घकालिन योजनाहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने समयको रुपमा लिएको छु ।’

पोखरा महानगरपालिकाको वडा नं. ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ सांसद भट्टराईको क्षेत्र पर्दछ । उनले सो क्षेत्रको उद्योग व्यवसाय र पर्यटनको विकास, शैक्षिक गुणस्तरमा बृद्धि, यातायात र सडक निर्माण, व्यवस्थित स्वास्थ्य सेवा तथा खानेपानी, व्यवसायिक कृषि, विद्युतिकरण, ताल तथा नदीको संरक्षण लगायतको क्षेत्रमा आवश्यक बजेट विनियोजन गरी कार्यन्वयनको पक्षमा रहेकोे जानकारी दिईन् ।
उनले लोकतन्त्रको सारभुत मान्यता पारदर्शीता, जवाफदेहिता र उत्तरदायित्वलाई पालना गर्दै सामाजिक न्याय र समतामुलक समाज स्थापनको लागि निरन्तर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिईन् ।

सांसद भट्टराईले प्रस्तुत गरेको कार्य योजनाहरु :

 

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.