www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप ४ संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्युज ।

गण्डकी प्रदेशमा हिजो र आज गरि थप ४ संक्रमितको मृत्यु भएको छ ।

पोखराको विभिन्न अस्पतालमा उपचाररत पोखराका तीन र स्याङ्जाका एक गरि ४ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

मृत्यु हुनेमा एक पोखरा १८ का ५१ वर्षीय पुरुष रहेका छन् । उनको हिजो राती पौने १० बजे उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोही अस्पतालमा उपचाररत स्याङ्जका एक संक्रमितको आज बिहान मृत्यु भएको छ । वालिङ नगरपालिका १४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान २ बजेर १० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा पनि मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै सोही अस्पतालमा उपचाररत पोखरा ३ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो दिउँसो साढे ४ बजे निधन भएको हो । उनमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

यस्तै चरक मेमोरियल अस्पतालमा उपचाररत एक संक्रमित महिलाको आज निधन भएको छ । पोखरा १६ की ५७ वर्षीय संक्रमित महिलाको आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या १५८ पुगेको छ । कास्की जिल्लामा मात्रै ८३ संक्रमितले ज्यान गुमाएका छन् ।

यसैबीच गण्डकी प्रदेशमा आज हालसम्म ५७ संक्रमित थपिएका छन् । जसमा कास्कीका २७, म्याग्दीका १०, स्याङ्जाका २, गोरखाका १२, मुस्ताङका १, तनहुँका १ र नवलपरासीका ४ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ३९ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.