www.tandavnews.com
Fact ~ In search of truth

‘लेकाली झिर हाउस’ मा धराने सेकुवाको स्वाद

पोखरा,

ताण्डव न्यूज ।

नेपालको पूर्वी भेग धरानमा चर्चित धराने सेकुवाको स्वाद अब पोखराको अमरसिंह चोक नजिकै उपलब्ध हुने भएको छ ।

Batas

धरानको स्वादलाई पोखरामा पस्कनका लागि ‘लेकाली सेकुवा एण्ड झिर हाउस’ लेकाली चुलो सँगै आज (सोमबार) देखी सञ्चालनमा ल्याईएको हो ।

पोखरा महानगरपालिका १० अमरसिंह चोक नजिकै विगत ५ वर्षदेखी विशुद्ध नेपाली खाना पस्कदै आएको लेकाली चुलो अन्तर्गतनै लेकाली सेकुवा एण्ड झिर हाउस सञ्चालनमा ल्याईएको संचालक मिन बहादुर गुरुङले जानकारी दिए ।

‘कोभिड –१९’ का कारण सुस्ताएको पोखराको पर्यटन व्यवसायलाई केही हद सम्म सहज बनाउनका लागि युवा व्यवसायी गुरुङले धरानको सेकुवाको स्वादलाई पोखरामा पस्कने प्रयास गरेको गुरुङले बताए ।

पोखराको अमरसिंह चोकमा रहेको लेकाली सेकुवा एण्ड झिर हाउसमा धराने बंगुर, हांस, कुखुरा, खसी, बोका र बट्टाइका स्वादिष्ट सेकुवा र झिर उपलब्ध हुने संचालक गुरुङले जानकारी दिए । उनका अनुसार धराने बंगुरको सेकुवाका झिर उपलब्ध हुनेछन् । धरानको चर्चित गुरुङ बिबिक्यु एण्ड हट किचनको प्राविधिक र ब्यवस्थापकीय सहयोगमा सञ्चालित झिर हाउसमा अत्याधुनिक भट्टीमा पकाएको सेकुवाहरुको स्वाद पाउने गुरुङले बताए ।

अन्य ठाउँमा आगोको कोईलामा झिर लगायतका सेकुवाका परिकारहरु पकाईदै आएको सन्दर्भमा पोखराको अमरसिंह चोकमा सञ्चालनमा आएको झिर हाउसमा धुवा रहित आधुनिक भट्टीमा पकाउने भएकाले स्वास्थ्यमा कुनै प्रकारको असर नपर्ने झिर हाउसका प्राविधिक तथा व्यवस्थापकीय सहयोगी सेफ कन्सल्टेन्ट धन बहादुर गुरुङले बताए । झिर हाउसको सञ्चालन अवधिभर गुरुङकै हातबाट बनेका परिकारहरु ग्राहकहरुलाई पस्किरहेको समेत सञ्चालक गुरुङले बताए ।

करिब ७५ लाखको लगानीमा सञ्चालनमा ल्याईएको झिर हाउसमा १८ जनाले रोजगार पाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.