लेखनाथ ।
नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा अधिवेशनबाट गण्डकी प्रदेश प्रतिनिधि केन्द्रिय सदस्यमा निर्वाचित बाबुराम गिरीलाई लेखनाथ उद्योग वाणिज्य संघले मंगलबार एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य गिरीले गण्डकी प्रदेश भित्र रहेका २० वटा उद्योग वाणिज्य संघहरुका समस्याहरुलाई केन्द्रीय तहसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै सबैजनाको एकता र सामुहिक भावनाले विजय प्राप्त गर्न सफल भएको वताएका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं सल्लाहकार समेत रहेका गिरीले यो जित संघको मात्र जित नभएर सम्पुर्ण व्यवसायीहरुको जित भएकोमा जोड दिदै लेखनाथ उद्योग वाणिज्य संघको सम्पुर्ण टिमको एकताका कारण यो सम्भव भएको वताएका थिए । उनले यो एकताको अन्य उद्योग वाणिज्य संघले पनि अनुशरण गर्नुपर्ने वताएका थिए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले सामुहिक प्रयासले नै सफलता हात परेको वताउँदै आगामी दिनमा आफुलाई मत दिनेलाई मात्र नभई मत नदिनेहरुको समेत मन जितेर अगाडि वढ्नुपर्ने वताएका थिए । उनले प्रदेशका सम्पुर्ण नगर उद्योग वाणिज्य संघहरुसँग सहकार्य गर्दै व्यवसायीहरुको हक हितका लागि लाग्न सुझाव दिएका थिए ।
यस्तै संघका पुर्वअध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुमन भटृराईले गिरीको जितलाई सम्पुर्ण व्यवसायीहरुलाई उत्साहित बनाएको वताउँदै व्यवसायीक हक हितका सवालमा अझ वढि संगठित हुँदै अगाडि वढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।