www.tandavnews.com
Fact ~ In search of truth

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

सरकारले आज सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएको छ। नेपाल र चीनको संयुक्त टोलीले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ।

भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मास प्रस्ताव पेस गरेकी थिइन्। सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।

सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । त्यसयता सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.