www.tandavnews.com
Fact ~ In search of truth

मणिपालमा उपचाररत पोखरा १३ का संक्रमित पुरुषको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप एक संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा –१३ का ७७ वर्षीय संक्रमित पुरुषको गएराती मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

उनमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७३ पुगेको छ । कास्की जिल्लामा मात्रै कोरोना संक्रमणबाट हालसम्म ९४ जना संक्रमितको ज्यान गइसकेको छ ।

यसैबीच गण्डकी प्रदेशमा आज हालसम्म ८५ संक्रमित थपिएका छन् । प्रदेशका ५ जिल्लाका गरि ८५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । जसमा कास्कीका ६९ जना, लमजुङका ६, म्याग्दीका २, स्याङ्जाका २, गोरखाका १,र तनहुँका ५ जना रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.