www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : कास्कीमा कोरोनाबाट ज्यान जानेको संख्या सेन्चुरी नजिक

थप चार संक्रमितको उपचारको क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सेन्चुरी नजिक रहेको छ । आज थप ४ संक्रमितको मृत्यु भएसँगै कास्कीमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या एक सय नजिक पुगेको छ ।

थप मृतक संक्रमित सँगै कास्कीमा आज सम्म ९७ जना संक्रमितको मृत्यु भएको छ ।हिजो र आज पोखराका विभिन्न अस्पतालमा उपचाररत थप ४ संक्रमितका मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

मृत्यु हुनेमा एक पोखरा –१४ का ७४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । उनको हिजो बिहान झण्डै साढे ७ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै अर्का मृतक संक्रमित पोखरा –१५ का ६७ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । उनको आज बिहान ४ बजेर २० मिनेटको समयमा सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै निर्देशनालयको अनुसार अर्का मृतक संक्रमित पोखरा –१६ की ५९ वर्षीया महिला रहेकी छिन् । उनको आज बिहान ५ बजेर २० मिनेटको समयमा उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको हो । उनमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि पोखराका एक संक्रमितको पनि उपचारको क्रममा गएराती मृत्यु भएको थियो । हाल सम्म गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.