www.tandavnews.com
Fact ~ In search of truth

सरकारविरूद्ध प्रदर्शनमा कांग्रेसका केन्द्रीय नेता स्वयम् खटिने

काठमाडौं ।

प्रतिपक्षी दल काँग्रेसले सरकारविरुद्ध गर्न लागेको प्रर्दशनमा कांग्रेसका केन्द्रीय नेता खटिने भएका छन् ।

नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले पायक पर्ने जिल्लाको प्रर्दशनमा केन्द्रीय नेता खटिने निर्णय गरेको जनाइएको छ ।

Batas

काँग्रेसले मंसिर २९ गते ७७ जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्न लागेको हो । उक्त प्रदर्शनको रणनीति तय गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रीय सदस्यहरू परिचालन गर्न सकिने विषयमा छलफल भएको थियो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जिल्ला तोकेर केन्द्रीय सदस्यलाई नखटाए पनि जिल्लाहरूमा केन्द्रीय सदस्य जान सक्ने बैठक निर्णय भएको जानकारी दिए।

भ्रष्टाचार बढेको लगायत विषयमा सरकारविरूद्ध कांग्रेसले प्रदर्शन गर्न लागेको हो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.