www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा कोरोनाबाट ज्यान जानेको संख्या १०० पुग्यो

पोखराका ३ सहित गण्डकीमा थप ४ संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश अन्र्तगतको जिल्ला कास्कीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १०० पुगेको छ । हिजो सम्म कास्कीमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या ९७ रहेको मा आज १०० पुगेको हो ।

आज कास्कीका थप ३ संक्रमितको उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । मृत्यु हुनेमा एक पोखरा महानगरपालिका – १० का ८१ वर्षीय संक्रमित पुरुष रहेका छन् । उनको आज बिहान ३ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Batas

यस्तै अर्का मृतक पोखरा –१३ का ५१ वर्षीय पुरुष रहेका छन् । उनको हिजो फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै अर्का पोखरा महानगरपालिका – ७ का ६५ वर्षीय संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनको हिजो बेलुका चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनमा मंसिर २४ गते हिजै मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच चरक मेमोरियल अस्पतालमै उपचाररत तनहुँका संक्रमितको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगपालिका ८ का ७४ वर्षीय पुरुष रहेका छन् । उनमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १८० पुगेको छ ।

यसैबीच गण्डकी प्रदेशमा आज अहिले सम्म ९६ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कास्कीका ४७, बागलुङका ७, लमजुङका १८, नवलपरासीका १,तनहुँका ३,स्याङ्जाका १ र गोरखाका ६ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.