www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-सिमरा सिधा हवाइ सेवामा जोड

पोखरा ।

कोभिड – १९ बाट थलिएको पर्यटनलाई जगाउने उद्देश्यले सञ्चालित ‘जाउँ है पोखरा’ अभियान अन्तर्गत विरगञ्जमा हिजो (बुधबार) आयोजित कार्यक्रममा सिमरा–पोखरा सिधा हवाई उडानमा जोड दिइएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराद्वारा संचालित चार दिने सो अभियानको १५ सदस्सीय टोलीसँग विरगंज उद्योग वाणिज्य संघले औद्योगिक नगरी विरगञ्जमा एक अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

Batas

कार्यक्रममा पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले उल्लेखित दुई शहर विच सिधा हवाई सेवा सुरु भए भारतीय तथा स्थानीय पर्यटकलाई पोखरा आउन धेरै सहज हुने भनाई राखे ।

विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य गोपाल केडियाले हप्तामा कम्तिमा एक–एक वटा भए पनि दुई शहर विच उडान हुन जरुरी रहेको भनाई राखे । ‘उडानमा घाटा भए हामी क्षतिपूर्ती वहन गरिदिन तयार छौं,’उनले भने ।

तत्कालिन पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी र गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मान्त्री विकास लम्सालले समेत सिधा उडानको कुरा गरे पनि कार्यान्वयन नहुनु दुखद भएको विरगंजका व्य्वसायीले गुनासो गरे ।

प्रदेश २ का उद्दोग, पर्यटन, बन तथा वातावरण राज्य मन्त्री सुरेशकुमार मण्डलले उद्धोग, पर्यटन र कृषिलाई आफ्नो प्रदेशले विशेष जोड दिएको भन्दै होटल संघको प्रवर्द्धनात्मक अभियान प्रशंसायोग्य भएको बताए ।

विरगञ्ज र जनकपुर धार्मिक र अन्य पर्यटनको हिसावले समेत महत्वपुर्ण भएको भन्दै उनले प्रदेश २ सरकार गण्डकी प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । जनकपुर र पोखरा हवाई सेवाले जोड्ने निर्णय भईसकेको दावी उनले कार्यक्रममा सुनाए ।

पोखरेली पर्यटनबारे थप प्रस्ट्याउँदै अध्यक्ष तुलाचनले आन्तरिक पर्यटनको माहोल सिर्जना गर्न ‘जाउँ है पोखरा’ अभियान तत्कालिन अवस्थामा सुरु गरिएको र सधैं अब कोरोना भनेर व्यवसाय र प्रबर्द्धन ठप्प राख्दा जीवन चल्न नै कठीन हुन थालेको भन्दै भ्रमणको सुरुवात पुनः आफैंबाट गरेको बताए ।

विरगंज अपार संभावना बोकेको शहर भएको स्मरण पनि तुलाचनले सो अवसरमा गराए । संकटको यो घडीमा पर्यटनलाई पुनर्जीवन दिन पोखराको पर्यटकीय सेवा सुविधामा ५० प्रतिशत सम्म छुट सहितको मूल्य निर्धारण गरिएको पनि अध्यक्ष तुलाचनले जानकारी दिए ।

विरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् नेपाल उद्धोग वाणिज्य महासंघका कार्यकारी सदस्य सुवोधकुमार गुप्ताले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए । यसअघि बुधबार नै पर्सा राष्ट्रिय निकुन्जमा अभियानको टोलीलाई स्वागत गरिएको थियो ।

सो अवसरमा बोल्दै अभियानका संयोजक एवं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटनका लागि प्रवर्द्धन र पहुँच अति आवश्यक पर्ने भन्दै नेपाली पनि पर्यटक हुन सक्ने अवधारणासहित अभियानको थालनी गरिएको जानकारी दिए ।

सिमरा र पोखरा हवाई सेवाले जोडिए त्यस्तो पहुँचमा ठूलो फड्को हुने भनाई उनको थियो । स्थानीय होटल संघका अध्यक्ष मोहन शर्मा, सहायक संरक्षण अधिकृत रमेश यादव, रेन्जर प्रकाश पुन र व्यवसायी प्रकश लम्सालले पनि सो अवसरमा भनाई राखेका थिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य विप्लव पौडेल र पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार हरि शर्मा गैह्रे पनि अभियानको टोलीसँगै छन् ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा यसपटक बुधबारबाट सुरु गरिएको अभियान अन्तर्गत सिमरा, विरगंज, जनकपुर, बिराटनगर र चितवन जस्ता शहर समेटिएको छ । ती शहरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रम आयोजना तथा पोखरा सम्बन्धी प्रवर्द्धनात्मक सामग्री वितरण जस्ता कार्यक्रम पनि रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.