www.tandavnews.com
Fact ~ In search of truth

मर्दी ट्रेकमा रहेको संरचना हटाउन पत्र

पोखरा
ताण्डव न्यूज ।

मर्दी हिमाल ट्रेक क्षेत्रमा रहेका संरचना हटाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) सम्पर्क कार्यालय पोखराले व्यवसायीहरुलाई पत्रचार गरेको छ । एक्यापले कास्की अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा रहेका अवैध संरचना हटाउन पत्र पठाएको हो ।

विशेष गरि मर्दी हिमाल ट्रेकमा बनेका अधिकांश होटल, लज, क्याम्पसाइट, घुम्तीपसल, चियापसल, होटल, घरटहरा लगायतका संरचना सार्वजनिक जग्गमा बनाइएको छ । लो क्याम्प, हाइ क्याम्म, देउराली, बादल डाँडा, भ्यु प्वाईन्ट, बेस क्याम्पमा विना अनुमती बनाइएको संरचना ३५ दिन भित्र हटाउनु भन्दै एक्याप पोखराले पत्र पठाएको हो ।

Batas

त्यस क्षेत्रमा विना अनुमती बनाइएका ४५ भन्दा धेरै संरचना छन् । जसमा करिब २ सय जनाले रोजगार पाएको त्यस क्षेत्रका एक व्यवसायीले बताए । ‘त्यस क्षेत्रमा केही पुराना व्यवसायी छन् , जसले मर्दी ट्रेकमा पर्यटनको प्रवद्धनको लागि ठूलो भूमिका खेले,’ व्यवसायीले भने, ‘पछिल्लो समय अनावश्यक रुपमा पनि संरचना बनाउने काम भएका छन् ।’ स्थानीय सरकार र एक्याप बिच समन्वय नहुदाको परिणाम व्यवसायीले भोग्नु परेको स्थानीयको भनाई छ ।

‘कि त संरचना बनाउने वेलामै स्थानीय सरकार या एक्यापले रोक्नु पर्ने हो,’ उनले भने, ‘दुई विच समन्वय नहुदा संरचना धेरै बने, अहिले बनेपछि भत्काउन लगाइयो । भत्काउने विषयलाई लिएर केही व्यवसायीले मुद्दा पनि हालेका छन् ।’

सोही क्षेत्रमा रहेका केही पुरानो ९ वटा होटल तथा लजलाई अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय ल्वाङले स्वीकृती दिएको थियो । जसले वार्षिक रुपमा कर तिरेर नविकरण गर्नु पथ्र्यो । यस पटक ति ९ वटा संस्थाले पनि नविकरण गर्न पाएका छैनन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.