www.tandavnews.com
Fact ~ In search of truth

नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ’को फाइनलमा

काठमाडौं ।

बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को फाइनल चरणमा प्रवेश गरेका छन्।

‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल चरणमा जजहरुलाई नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ मा सहित अन्तिम चरणमा पुगेका हुन्।योमरीबाहेक सन्तोषले जजहरुको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत परिकार बनाएका थिए।

Batas

यसअघि कटहर र काक्रोको बियाँ, स्याउको चटनी ,नेपाली मासुको झोल, सिस्नु, बेथे जस्ता तरकारी, तामा र भाङको चटनी, मकैको रोटी, जस्ता परम्परागत नेपाली खानाहरु पस्किएका थिए।

अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष नै पहिलो नेपाली सेफ हुन्।बिहीबार सहभागी ४ प्रतियोगीमध्ये उत्कृष्ट प्रदर्शन गरेपछि सन्तोष सिधै फाइनल राउन्डमा पुगेका हुन।फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदैछ।

प्रतियोगितामा कुल ३२ व्यावसायिक सेफहरुको सहभागिता थियो।त्यहाँबाट विभिन्न चरण पार गरी सिरहाका सन्तोष शीर्ष ६ मा पुगेका हुन।सिरहाबाट कामका लागि भारत पसेका सन्तोषले भारतमै कुकिङ सिकेका थिए। त्यहाबाट उनी सेफकै रुपमा २०१० मा लण्डन पुगेका हुन।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.