www.tandavnews.com
Fact ~ In search of truth

संवैधानिक परिषदको आजको बैठक स्थगित, अर्को बैठक पर्सि (मंगलबार) ९ बजे

काठमाडौं ।

संवैधानिक परिषदको बैठक मंसिर ३० गते अर्थात पर्सि मंगलबार बिहान बस्ने भएको छ ।

लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरूमा पदपूर्ति गर्न परिषदको बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजे बस्ने भएको छ।आजका लागि निर्धारित बैठक सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको उपस्थिति नभएपछि स्थगित भएको थियो।

Batas

संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजे बैठक बोलाएका थिए। तर, गणपुरक संख्या नपुगेपछि बैठक प्रभावित भएको छ।

बैठकका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनामात्र उपस्थित भएका थिए।६ जना सदस्य रहेको परिषद बैठकमा अध्यक्षसहित पाँचजनाको उपस्थिति अनिवार्य हुनुपर्दछ। संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थित अनिवार्य हुनुपर्ने प्रावधान छ।

उपसभामुख नियुक्त हुन नसकेका कारण एकजना अनुपस्थित भएको खण्डमा बैठक प्रभावित हुनसक्ने अवस्था छ।सभापति देउवाले सोमबार सरकारविरुद्ध विरोध प्रदर्शनको कार्यक्रम तय भएकोले त्यसअघि बैठकमा सहभागी हुन नसक्ने यसअघि नै प्रधानमन्त्रीलाई सन्देश पठाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न निकायमा ४५ भन्दा बढी पद रिक्त छन्। रिक्त रहेका निकायमा सरकारले पदपूर्ति गर्न नसक्दा कामकारबाहीसमेत प्रभावित हुँदै आइरहेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.