www.tandavnews.com
Fact ~ In search of truth

घार्मीको ओमकारेश्वर मन्दिरमा सतबीज छरियो

पोखरा ।

मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पोखराको धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सतबीज छरिएको छ ।

वाला चर्तुदशी पर्वको अवसरमा स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा अर्मला, पुरञ्चौर, सार्दीखोला, हेम्जा, हरिपाउँ, कुरेचौर र पोखराका विभिन्न क्षेत्रबाट पुगेका भक्तालुहरुले आफ्ना दिवंगत पितृको सम्झना सहित भगवान शिवको आराधना गरी मन्दिर परिसरमा सतबीज छरेका थिए ।

Batas

स्थानीय सीता पौडेलको घरवाट भजन किर्तन सहित धार्मिक परम्परा अनुसार फुलको डोली मन्दिर परिसरमा पुर्याएपछि डोलीसँगसँगै सतबीज छर्नेको घुईचो लागेको थियो । कोरोना महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो तामझाम नगरिएको समितिले जनाएको छ ।

सतबीज छर्न पुगेकाहरुले त्यहाँवाट माछापुच्छ्रे, अन्नपुर्ण हिमश्रृखंला सहित पोखराको समेत दृश्यावलोकन गरेका थिए । त्यस क्षेत्रमा पुगेका भतmजनहरुले घार्मीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सुझाव दिएका छन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.