www.tandavnews.com
Fact ~ In search of truth

२१ फोटोमा हेरौँ ! कोरोना कहरमा कास्की कांग्रेसको विरोध प्रदर्शन

पोखरा
ताण्डव न्यूज ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर बढीरहेको छ । यस भाइरस नोबेल अर्थात नयाँ भएकाले अनुसन्धान पनि भइरहेका छन् । खोप निर्माणार्थ अनुसन्धानकर्ता, वैज्ञानिकहरु जुटिरहेपनि सतप्रतिशत निको हुने औषधी पत्ता लागिसकेको छैन ।

विश्व स्वास्थ्य संगठनले भाइरस एकबाट अर्कोमा सर्न नदिन भौतिक दूरी, सरसफाइमा ध्यान दिन आग्रह गरेको गर्यै छ । नेपालमा हालसम्म करिब साढे २ लाख कोरोना भाइरस संक्रमित भए । १६ सय बढी संक्रमण पुष्टि भएकाहरुले ज्यान गुमाइसकेका छन् ।

Batas

संक्रमण फैलन कम गर्न लामो समय गरिएको लकडाउनले जनजीविका नै तहसनहस पार्यो । नेपाल सरकारले विस्तारै लकडाउनको मोडालिटि परिवर्तन गर्दे खुकुलो बनायो । अनिवार्य मास्क, सेनिटाइजर, हात धुने लगायतका कार्य गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरिरह्यो । आवश्यक सावधानी अपनाएर व्यापार, व्यवसाय लगायत दैनिक कार्यहरु सूचारु गर्न सरकारले अनुमति दियो ।

धेरै ब्यक्ति जम्मा हुन नदिने भनिएपनि विवाह, पार्टी, जमघटमा नेपालीहरु रमाइरहेका छन् । विकसित मुलुकहरुले समेत यसरी नै लकडाउन खुकुलो गरिदिँदा संक्रमण र मृत्युदर बढेपछि पुनः लकडाउनको घोषणा गरेका छन् । जर्मनीले हिजो मात्रै क्रिसमसको छेको पार्दै संक्रमण बढ्न नदिन लकडाउन घोषणा गरेको छ ।

यसैबिच, नेपाली काँग्रेसले आज देशव्यापी प्रदर्शन गर्यो । प्रदर्शनमा हजारौँ कार्यकर्ता भेला भए । तनहुँको बुल्दी पुल उद्घाटन कार्यक्रममा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले धरपकड गरेपछि जुर्मुराएको कांग्रेसले विरोध प्रदर्शनको घोषणा गरेको थियो ।

आज (सोमबार)लाई डेट फिक्स भएपछि पार्टी सभापति शेर बहादुर देउवाले हिजो मात्रै अपील गर्दै भने थिए ‘ कोरोना महामारी यो समयमा प्रदर्शनमा भौतिक दुरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु ।’ सभापति देउवा हस्ताक्षरीत अपिलमा यो वाक्यलाई बोल्ड गरिएको छ । सभापति देउवाको आग्रह ‘तरुण साथीहरु’ले नकारे, प्रदर्शनमा भौतिक दुरी देखिएन । त्यसो त देउवा स्वयं उपस्थित भएका हेटौँडाको विरोध प्रदर्शनमा पनि कुनै भौतिक दुरी देखिएन ।

यसैबिच , नेपाली काँग्रेस कास्कीले पनि आज विरोध प्रदर्शन गर्यो । पार्टी कार्यालय चिप्लेढुङ्गाबाट शुरु भएको विरोध र्याली नयाँबजार हुँदै पृथ्वी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

हेरौँ तस्विरमा कास्की काँग्रेसको विरोध प्रदर्शन

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.