www.tandavnews.com
Fact ~ In search of truth

विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सुचिको पहिलो स्थानमा टिकटक, पछि पर्‍यो फेसबुक

काठमाडौं ।

फेसबुकलाई पछि पार्दै टिकटक सर्वाधिक लोकप्रिय एप बनेको छ ।

सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड भएको मोबाइल एप्लिकेसनहरुको सूची अनुसार टिकटक सर्वाधिक लोकप्रिय एप बनेको हो ।

Batas

एप विश्लेषण गर्ने कम्पनी (एप एन्नी)App Annie ले सार्वजनिक गरेको obile App Trend २०२०  को रिपोर्टअनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सूचीको पहिलो स्थानमा टिकटक रहेको छ ।

अघिल्ला वर्षहरुमा पहिलो स्थानमा रहने गरेको फेसबुकलाई यो वर्ष टिकटकले पछि पारेको छ ।गत वर्ष सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरुको सूचीमा चौथो स्थानमा रहेको टिकटकले यो पटक तीन स्थान फड्को मार्न सफल हुँदै पहिलो स्थान हासिल गरेको हो ।

एप एन्नीको रिपोर्टअनुसार सन् २०२१ मा विश्वमा टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै पुग्नेछ ।पहिलो स्थान टिकटकले कब्जा गरे पनि दोश्रोदेखि पाँचौँ स्थानसम्म चाहिँ फेसबुक र यस कम्पनीका अन्य एप्लिकेसनहरुको दबदबा रहेको छ ।सर्वाधिक डाउनलोड हुने एपको दोश्रो स्थानमा फेसबुक रहँदा तेश्रो स्थानमा ह्वाट्सएप रहेको छ ।

यस्तै कोरोनाकालमा सर्वाधिक लोकप्रिय बनिरहेको भिडियो कन्फ्रेसिङ एप जूम यो वर्ष सर्वाधिक लोकप्रिय एपहरुको टप फाइभभित्र पर्न सफल भएको छ । विश्वमा सर्वाधिक डाउनलोड हुने एपको चौथो स्थानमा जूम रहेको छ ।

त्यस्तै इन्स्टाग्राम यो वर्ष सबैभन्दा धेरै डाउनलोड भएका एपको पाँचौ नम्बरमा परेको छ ।रिपोर्टअनुसार छैटौँ स्थानमा फेसबुक मेसेन्जर छ भने सातौँ स्थानमा गुगल मिट रहेको छ । त्यस्तै सबैभन्दा लोकप्रिय एपहरुको आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः स्नापच्याट, टेलिग्राम र लाइकी परेका छन् ।

प्रयोगकर्ताले सबैभन्दा धेरै समय बिताउने एपको सूचीमा चाहिँ टिन्डर पहिलो स्थानमा पर्न सफल भएको छ । यो सूचीमा टिकटक दोश्रो स्थानमा छ भने युट्युब तेश्रो, डिज्नी प्लस चौथो, टेन्सेन्ट भिडियो पाँचौँ तथा नेट्फ्लिक्स छैटौँ स्थानमा रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.