www.tandavnews.com
Fact ~ In search of truth

सुनसरीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

सुनसरी ।

सुनसरीको कोशी गाउँपालिका–७ मा जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो । आइतबार राति आरक्षबाट आएको हात्तीले आज बिहान फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र मेहताले बताए ।

Batas

घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोलीेले घटनास्थलमा गई अनुसन्धान शुरु गरेको छ । स्थानीयवासीले पटकपटक आरक्षबाट आउने जंगली जनावरको आतंकबाट आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।

दैनिक रुपमा आरक्षबाट आउने हात्ती, अर्ना, बँदेललगायत जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानवीय क्षतिसमेत गर्दै आएको बताइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.