www.tandavnews.com
Fact ~ In search of truth

१९६ एम्पुल विभिन्न लागूऔषध सहित पोखराका ३ युवक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा लागूऔषधसहित ३ युवक पक्राउ परेका छन् ।

लागूऔषध बेचबिखन तथा कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा विभिन्न लागूऔषधसहित उनीहरु मंसिर २४ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १२ माटेपानीका ३२ वर्षीय रमेश गुरुङ, वडा १२ का चापापानीका २९ वर्षीय नवराज गुरुङ र वडा नम्बर ११ काहु भञ्याङका २१ वर्षीय मुकेश वि.क रहेका छन् ।

उनीहरुको साथबाट डाईजापाम ६४ एम्पुल, नुर्फिन ६५ एम्पुल, फेनेरागन ६७ एम्पुल, गाँजा २० ग्राम, २ थान मोबाईल र नगद २ हजार ८ सय ४० रुपैयाँ बरामद भएको छ ।

उनीहरुमाथि ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.