www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो

काठमाण्डौ ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १७ सय नाघेको छ । गएको २४ घण्टामा १८ संक्रमितको उपचारको क्रममा मृत्यु भएसँगै देशमा संक्रमणबाट मृत्यु हुनेको संख्या१७ सय नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार सात सय १६ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा नेपालमा आठ सय २१ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४९ हजार दुई सय ४४ पुगेको छ ।

Batas

भने २४ घण्टामा आठ सय ४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ३६ हजार पाँच सय ७३ पुगेको छ ।नेपालमा अहिले १० हजार नौ सय ५५ जना सक्रिय संक्रमित छन् । त्यस्तै क्वरेण्टीनमा रहनेको संख्या चार सय ७१ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.