www.tandavnews.com
Fact ~ In search of truth

अब एकतर्फी रुपमा भएपनि हल खोल्ने चलचित्र संघको घोषणा

काठमाडौं ।

पौष १० गतेबाट चलचित्र हलहरु खुल्ने भएको छ ।

नेपाल चलचित्र संघले पौषको १० गतेबाट एकतर्फी रुपमा हलहरु खोल्ने घोषणा गरेसँगै हलहरु खुल्ने भएको हो ।गत चैत्रको ११ गतेबाट बन्द रहेका हलहरु करिब ९ महिनापछि खोल्ने हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले घोषणा गरेको हो ।

Batas

सरकारले बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल खोल्ने घोषणा गर्नुपर्ने अवस्था आएको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए ।अध्यक्ष प्रधानको अनुसार ९ महिना हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको बताए ।

चलचित्र संघका महासचिव अशोक शर्माले आफुहरुले सरकारसँग ७ महिनादेखि सरकारसँग हल विषयमा कुरा राख्दै आएपनि सरकारले आश्वासन मात्रै दिदैँ आएकाले बाध्य भएर हल खोल्ने निर्णयमा पुगेको बताए ।

पौष १० गते हल खोल्दा सरकारले बन्द गराउन खोजेमा आफूहरु गिरफ्तारी दिन पनि तयार रहेको उनको भनाई छ ।व्यवसायीहरुले अहिले ५० प्रतिशत अकुपेन्सीमा सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने तयारी गरेका छन् ।

हलमा चलाउनलाई नयाँ चलचित्र नरहेका बेला पुरानै चलचित्र भएपनि चलाउँने व्यवसायीको भनाई छ । चलचित्र संघले यसलाई आन्दोलनको सुरुवाती चरणको रुपमा वुझिदिन पनि आग्रह गरेको छ । पौष १० गतेबाट हल खोल्ने निर्णयसँगै चलचित्र संघले सरकारसँग विभिन्न मागहरु पनि राखेको छ ।

जसमा चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, चलचित्र घर सञ्चालन नभएको अवधिको विद्युत महशुलको डिमाण्ड चार्ज पूर्णरुपमा मिनाहा हुनपर्ने, मौद्रिक नीति चलचित्र क्षेत्रमा अनिवार्य रुपमा कार्यन्वयन हुनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायकले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने उनीहरुको माग छ ।

यस्तै दुई बर्षसम्म नेपाली चलचित्रमा मुल्य अभिवृद्धी कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, बाँकी बक्यौता कर तथा शुल्कहरु २०७८ साल अषाण मसान्तसम्म वुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरुमा भन्सार महसुल छुट हुनुपर्ने लगायतका रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.