www.tandavnews.com
Fact ~ In search of truth

क्यान्सरपीडित शंकर नेपालीलाई आमा समूहको सहयोग

पोखरा ।

घाँटीको क्यान्सरबाट पीडित शंकर नेपालीलाई शुभकामना आमा समूहले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्राका ६५ वर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समूहले ११ हजार ६४५ आर्थिक सहयोग गरेको हो ।

नेपालीको निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच शुभकामना आमा समूहका अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सरपीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण गरे । सबैको सहयोगले क्यान्सरजस्तो रोगसँग लडिरहनुभएका नेपालीको उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ समूहले सानो भए पनि सहयोग गरेको उपस्थित आमा समूहको सामूहिक धारणा रहेको छ ।

Batas

ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बन्दाबन्दीसँगै उनले बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्दै आएका थिए । कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा तीन लाखभन्दा बढी खर्च भइसकेको उनकी श्रीमती रत्नकुमारी नेपालीले गहँभरि आँशु पारेर दुखेसो पोखे ।

यसअघिको उपचारमा स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगे पनि आगामी दिनमा उपचारका लागि कुनै पनि विकल्प नभएको भन्दै उहाँले विभिन्न सङ्घसंस्था एवं व्यक्तिसँग सहयोगका लागि आग्रह गरेका छन ।

कोरोना भाइरसका कारण मुलुकमा बन्दाबन्दी भएसँगै श्रीमानले बाँसका चोयाका सामग्री बनाएर बिक्री गर्नु र आफू तरकारी खरिद बिक्री गर्दै आउनुका साथै छोराछोरीले पनि मजदूरी गरेर उनको सिङ्गो परिवार चल्दै आएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.