www.tandavnews.com
Fact ~ In search of truth

शिव हमाल र विरु लामाको गीतमा बले र रुविनाको राेमान्स

पोखरा
ताण्डव न्यूज ।

सर्जक शिव हमाल र गायक विरु लामाको सहकार्यमा नयाँ गीत ‘भिरमा सेती गाइ’ सार्वजानिक भएको छ । हमालको सिर्जना रहेको गीतमा विरु लामा र विष्णु माझीको आवाज रहेको छ ।

केही वर्षको अन्तराल पछि गायक लामाले यो गीत बजारमा ल्याएका हुन् । यसअघि उनका चर्चित थुप्रै गीतहरु बजारमा आइसकेका छन् । उनका अनुसार गीतको १५ लाख लगानी रहेको छ । ‘गीतको अडियो, भिडियो लगायत सुटिङ स्पोट खर्च जोड्दा धेरै लगानी हुन पुग्यो,’ लामाले भने । उनले गीतमा मेहनत र निकै अपेक्षा गरेको बताए ।

Batas

गीतका सर्जक शिव हमालले सानासाना पक्षहरुलाई समेट्दा गीतमा खर्च बढी लागको बताए । ‘हाम्रो प्रतिस्पर्धा भनेको विदेशी संगीतसँग हो । त्यसैले पनि मेकिङमा कम्प्रमाइज गरेनौं’ हमालले भने, ‘दर्शकले गर्व गर्ने लायकको गीत बनाएका छौं ।’ उनका अनुसार गीतको सुटिङ ३ दिन लगाइएको थियो । उक्त म्युजिक भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन । भिडियोमा पछिल्लो समयका व्यस्त मोडल सागर लम्साल बले र रुविना अधिकारीको अभिनय रहेको छ ।

भिडियोलाई अजय रेश्मीले खिचेका हुन भने प्रविन भट्टले सम्पादन गरेका छन् । गीतमा सुनिल परियारको एरेन्ज रहेको छ । उक्त गीत सर्जक शिव हमालको अफिसियल युटुव च्यानलबाट सोमबार सार्वजानिक भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.