www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति भण्डारीद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ ।

सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएको हो । अध्यादेश जारी भएसँगै अब परिषद्का बहुमत सदस्य (अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य)को उपस्थितिमा परिषद् बैठक बस्न सक्नेछ ।

Batas

राष्ट्रपति कार्यालय स्रोतको अनुसार अध्यादेश केही दिन अघि नै राष्ट्रपति कार्यालय पुगिसकेको थियो । संशोधनले धारा ६ को उपधारा ३ संशोधन गरेको छ । जसअनुसार मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । बैठक मंगलबार नै साँझ ५ बजेलाई बोलाइएको छ ।

गत वर्षको मंसीर ३ मा पनि मन्त्रिपरिषद्ले संवैधानिक परिषद्का बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न सकिने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.