www.tandavnews.com
Fact ~ In search of truth

‘पार्टीभित्र छलफल नै नगरी ल्याइएको अध्यादेश मान्य हुदैँन, तुरुन्त खारेज होस’ : प्रचण्ड

काठमाडौँ। 

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको केही घण्टामै नेकपा कार्यकारी अध्यक्ष  पुष्पकमल दाहाल(प्रचण्ड)ले  प्रतिक्रिया जनाएका छन् । पाटी भित्र विवाद चर्किएकै बेला अचानक जारी गरिएको अध्यादेशले नेकपाभित्र थप विवाद चर्कने सम्भावना बढेको छ ।प्रचण्डले विना छलफल ल्याइएको अध्यादेश तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन् ।

प्रचण्डले पार्टीभित्र छलफल नै नगरी ल्याइएको अध्यादेश मान्य नहुने बताएका छन् । उनले सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हुने बताएका छन् ।प्रचण्डले यो अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको प्रतिक्रिया दिएका छन् ।

Batas

त्यस्तै नेकपाका अर्का नेता जनार्दश शर्मा प्रभाकरले पनि अध्यादेशको विरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अध्यादेश फिर्ता गर्न माग गरेका छन् । उनले लेखेका छन्, ‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।’

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.