www.tandavnews.com
Fact ~ In search of truth

सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुल्ने दुई अस्पताल कारबाहीमा

चितवन ।

पीसीआर परीक्षणमा कालोबजारी गर्ने अस्पताल कारबाहीमा परेको छ ।

नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुल्ने भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेज कारबाहीमा परेको हो । दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालय चितवनले कारबाही गरेको हो ।

Batas

नेपाल सरकारले पीसीआर गरेको दुई हजार रुपैयाँ शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो ।

प्रशासनले दुई साताअघि चितवन मेडिकल कलेजका सञ्चालकहरुसँग बयान लिएको थियो । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकहरुले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उनीहरू १८ लाख धरौटी राखेर तारेखमा रिहा भएको जानकारी दिए ।

यी दुई अस्पतालले सरकारले तोकेकोभन्दा ५०० बढी शुल्क लिएर कोभिड–१९ को पीसीआर परीक्षण गराइरहेको गुनासो प्रशासन कार्यालयमा दर्ता भएपछि अनुसन्धान शुरु गरिएको शर्माले बताए । सरकारी क्यान्सर अस्पताललाई सरकारले नै तोकेको शुल्कभन्दा बढी शुल्क लिएको आरोपमा कारवाही गर्नुलाई दुर्लभ घटनाका रूपमा लिइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.