www.tandavnews.com
Fact ~ In search of truth

पोखरा रेफरेन्स ल्याबोरेटरीमा युथ कम्युनिटीका सदस्यलाई ३५ प्रतिशत छुट

पोखरा ।

पोखरा रेफरेन्स ल्याबोरेटरीले युथ कम्युनिटीका सदस्यलाई विशेष छुट दिने भएको छ । ल्याबोरेटरीले युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यलाई ल्याब सम्बन्धि चेकजांचमा ३५ प्रतिशत छुट दिने भएको हो ।

छुट व्यवस्थाका लागि पोखराको हस्पिटल चोकमा रहेको ल्याबोरेटरीका सञ्चालक सञ्जय शर्मा र युथ कम्युनिटी क्लवका व्यापार प्रवद्र्धन संयोजक शुसिला केसी विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Batas

युथ कम्युनिटी क्लवका व्यापार प्रर्वद्धन संयोजक शुसिला केसीले ल्याबोरेटरीसँगको सहकार्यले युवाहरुलाई थप हौसला मिलेको वताइन् ।युवा व्यवसायीहरु बीच ‘साथ सहयोग र सहकार्यका लागि’ भन्ने मुल नाराका साथ गठन भएको क्लवमा हाल ३ सय सदस्य आवद्ध रहेको केसीले वताइन ।

ल्याबोरेटरीमा हाल रगत, दिसा, पिसाव, खकार, विर्य, मधुमेह, थाइराइड, मृगौला, कलेजो, वोसोको मात्रा, हर्मन, इन्जाइन, भिटामिन, लगायत सम्पूर्ण शरीरको तत्वहरुको परिक्षण हुदैँ आइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.